आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

कुवेतका राजाको निधन

गोकर्णेश्वर खबर१४ आश्विन २०७७, बुधबार ०६:३० मा प्रकाशित (३ साल अघि) २९८ पाठक संख्या

काठमाडौं – कुवेतका राजा शेख शबाह अल अहमदको निधन भएको छ। ९१ वर्षीय शबाहको उपचारका क्रममा अमेरिकाको अस्पतालमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

उनी विगत लामो समयदेखि बिरामी थिए । उनी जुलाईमा उपचारका लागि अमेरिका गएका थिए ।

सन् १९२९ मा जन्मिएका अहमद १९६३ देखि २००३ सम्म ४० वर्ष विदेशमन्त्रीका रुपमा कार्यरत थिए । पछि उनी सन २००६ मा कुवेतका राजा बनेका थिए ।