आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १४८ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर२३ भाद्र २०७७, मंगलवार १६:४४ मा प्रकाशित (३ साल अघि) ३५५ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर कोरोना संक्रमितको संख्या बढीरहेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा १ सय १ जना, भक्तपुरमा २६ जना र लतिलपुरमा २१ जनासहित जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

कोरोना संक्रमितको संख्या ४८ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा देशभर ९ सय २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका ९ सय २ जनासहित देशभर संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको जानकारी दिए ।

कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ६ पुगेको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न ठाउँमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।