आज: ८ जेष्ठ २०८१, मंगलवार | Tue, 21, May, 2024

देउवा उपस्थित कार्यक्रममा प्रदेश सांसदलाई कालो झण्डा देखाएपछि ९ जना पक्राउ

गोकर्णेश्वर खबर१९ मंसिर २०८०, मंगलवार २१:५२ मा प्रकाशित (५ महिना अघि) २५३ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित कांग्रेस ओखलढुंगाको कार्यक्रममा कालो झण्डा देखाएको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।

उक्त कार्यक्रममा कांग्रेस कोशी प्रदेश सभा सांसद रामकुमार खत्री पनि सहभागी थिए। सांसद खत्रीको नाम लिँदै कालो झण्डा देखाएको आरोपमा प्रहरीले ९ जनालाई मंगलबार दिउँसो नियन्त्रणमा लिएको हो।

कोशी प्रदेश नाम खारेजीको माग राख्दै आएकाहरूले कालो झण्डा देखाएका थिए। उनीहरूलाई नियन्त्रणमा लिएको डिएसपी दीपकबहादुर केसीले बताए।

‘सांसदको नाम लिएर प्रदर्शन गर्दै कालो झण्डा देखाएपछि उक्त कार्यक्रम बिथोल्न सक्ने भएकाले हामीले नियन्त्रणमा लिएका हौं,’ उनले भने, ‘उहाँहरूलाई आजै छाड्ने तयारी छ।’