आज: ८ जेष्ठ २०८१, मंगलवार | Tue, 21, May, 2024

महाकाली–मेची यात्रामा रहेका ओलीलाई ९ वर्षीय बालकको मर्मस्पर्शी पत्र – पेट पाल्न विदेशिनु नपरोस्

गोकर्णेश्वर खबर१९ मंसिर २०८०, मंगलवार १४:४८ मा प्रकाशित (५ महिना अघि) १८० पाठक संख्या

काठमाडौँ । मध्यपहाडी लोकमार्ग अन्तर्गत महाकाली–मेची यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका एक ९ वर्षीय बालकले पत्र लेखेका छन्।

गुर्भाकोट नगरपालिका–१० भेडाबारीका ९ वर्षीय बालक किशोर पौडेलले आफूलाई यात्राकै क्रममा सानो पत्र हातमा दिएको अध्यक्ष ओलीले बताएका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सामाजिक सञ्जालमार्फत् ती बालकले दिएको पत्र पनि सार्वजनिक गरेका छन्।

पत्रमा बालकले आफूजस्ता बालकहरू युवा अवस्थामा पुग्दा पेट पाल्नकै लागि विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्न आग्रह गरेका छन्।

‘म र मजस्ता बालकहरू युवा अवस्थामा पुग्दासम्म पेट पाल्नका लागि विदेश जानैपर्ने अवस्थाको अन्त्य गरिदिनुहुन अनुरोध गर्दछु,’ बालकले लेखेको पत्रमा उल्लेख छ।