आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

राजतन्त्रको पक्षमा बोल्न पाइनन्छ तर राजतन्त्र फर्कने अवस्था छैन् : देउवा

गोकर्णेश्वर खबर११ मंसिर २०८०, सोमबार १६:३६ मा प्रकाशित (५ महिना अघि) ४४ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्कन नसक्ने बताएका छन् ।

नवलपुरको जिल्ला सम्मेलनमा जाने क्रममा भरतपुरमा पत्रकारसँग बोल्दै सभापति देउवाले गणतन्त्रमा संकट नरहेको बताए । राजावादीको प्रदर्शन बारे पत्रकारले सोधेको प्रश्नमा देउवाले भने,‘अरु कुरा मलाई थाहा छैन ।’

राजतन्त्रको पक्षमा बोल्न पाइने भएपनि राजतन्त्र फर्कने अवस्था नरहेको उनले बताए । राजसंस्थाको पुर्नबहालीको विषयमा सभापति देउवाको मौनता बारे सोधिएको प्रश्नमा देउवाले भने,‘तपाईहरु के के लेख्नुहुन्छ, मलाई के थाहा यार?’

आलोपालोको प्रधानमन्त्री बारे सभापति देउवाले ‘भएपछि थाहा पाइहाल्नुहुन्छ नि’ भनी जवाफ फर्काए ।