आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन- काठमाडौं प्रशासन

गोकर्णेश्वर खबर८ मंसिर २०८०, शुक्रबार ०८:५४ मा प्रकाशित (५ महिना अघि) १७२ पाठक संख्या

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भाइरल म्यान दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानअन्तर्गत आजदेखि घोषणा गरिएको आन्दोलनको थप कार्यक्रमप्रति ध्यानाकर्षण भएको जनाएको छ । तीनकुनेमा कार्यक्रम गर्ने अनुमति नभएको बताएको हो ।

प्रसाईँले हिजो साँझ पत्रकार सम्मेलन गरी आजदेखि हरेक दिन तीनकुनेमा भेला भएर सिंहदरबार र राजनीतिक दलका नेताका घर लक्षित ‘श्रीलंका स्टाइल’ मा आन्दोलन गर्ने उद्घोष गरेका थिए । उक्त ठाउँमा कार्यक्रमका लागि अनुमति नदिएको प्रशासनले प्रष्ट्याएको छ ।