आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

बल्खुमा तनावग्रस्त, प्रहरीद्धारा दर्जनौँ राउण्ड हवाई फायर

गोकर्णेश्वर खबर७ मंसिर २०८०, बिहीबार १४:५७ मा प्रकाशित (५ महिना अघि) २२३ पाठक संख्या

काठमाडौं । दुर्गा प्रसाईं समूहको विरोध जुलुस बल्खुचोकबाट कालीमाटी छिर्न खोजेपछि झडप भएको छ । दुर्गा प्रसाईंले जुलुस अब शहर छिर्ने बताएपछि जुलुस कालीमाटीतर्फ छिर्न खोजेको थियो ।

त्यसपछि प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गर्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । अहिले स्थिति तनावग्रस्त बनेको छ । प्रहरीले हवाई फायर गरेको छ । दर्जनौँ राउण्ड हवाई फायर भएको छ । पानीको फोहोरा पनि हानेको छ ।

आज एकै दिन प्रसाईं समूह र एमालेले प्रदर्शन गर्ने भएपछि दुई समूहलाई अलगअलग प्रदर्शनस्थल तोकिएको छ । प्रसाईं समूहलाई बल्खु चोक र एमालेलाई तीनकुने चोक तोकिएको छ ।