आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

दुर्गा प्रसाईंको कार्यक्रमस्थलमा युवा संघ पुगेपछि ढुंगा हानाहान

गोकर्णेश्वर खबर७ मंसिर २०८०, बिहीबार १३:०६ मा प्रकाशित (५ महिना अघि) ४७२ पाठक संख्या

काठमाडौं । काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समूह र एमालेनिकट युवा संघ नेपालका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ ।

बिहीबार मध्याह्न कालीमाटीबाट बल्खुहुँदै मोटरसाइकल र्‍यालीमार्फत तीनकुने आउन लागेका युवा संघका कार्यकर्ता र प्रसाईंका कार्यकर्ताबीच ढुंगा हानाहान भएको हो ।

मोटरसाइकल र्‍यालीमा रहेका युवा संघका कार्यकर्तामाथि प्रसाईं समूहका कार्यकर्ताले ढुंगा प्रहार गरेपछि झडप भएको हो ।

झडपपछि बल्खु क्षेत्रमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रसाईं समूहले बल्खुमा र युवा संघले तीनकुनेमा कार्यकम गर्दै छ ।