आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

गोकर्णेश्वर खबर२७ कार्तिक २०८०, सोमबार १४:२४ मा प्रकाशित (६ महिना अघि) ३०१ पाठक संख्या

काठमाडौं । सरकारले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्त रेखा शर्माले नेपालमा टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिइन् ।

टिकटकमा पछिल्लो समय सामाजिक सद्भाव बिथोलिने गतिविधिहरु बढ्दै गएपछि टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयमा सरकार पुगेको उनले बताइन् ।

मन्त्री शर्माले तत्काल टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिँदै कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ने बताइन् । उनले भनिन्, ‘टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ । डेडलाइन भने तोकिएको छैन ।’

भारत, क्यानडा, अफगानिस्तान, ताइवान अस्ट्रेलिया, बेल्जियम, फ्रान्स, डेनमार्क र नेदरल्यान्ड्स लगायतका देशमा टिकटकमाथि प्रतिबन्ध लगाइएको छ ।