आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

कीर्तिपुरका जनतासँग प्रधानमन्त्री प्रचण्डले आज गर्दैछन् साक्षात्कार

गोकर्णेश्वर खबर२५ कार्तिक २०८०, शनिबार ०९:१८ मा प्रकाशित (६ महिना अघि) १५१ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज कीर्तिपुरका जनतासँग साक्षात्कार गर्ने भएका छन् ।

एकीकृत नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको ‘जनतासँग माओवादी ः विशेष रुपन्तरण अभियान’ अन्तर्गत शनिबार बिहान प्रचण्डले कीर्तिपुरका जनतासँग साक्षात्कार गर्न लागेका उनको सचिवालयले जनाएको छ।

माओवादी केन्द्र कीर्तिपुर नगर समितिको आयोजनामा हुने कार्यक्रम शनिबार बिहान ९ बजेदेखि सुरु हुँदैछ।

कीर्तिपुर ९ स्थित बाघभैरव ब्यांक्वेट, नगाउँमा कार्यक्रम हुने माओवादी केन्द्र कीर्तिपुर नगर समितिले जनाएको छ।