आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

राष्ट्रपतिबाट फाल्गुनन्द जयन्तीको शुभकामना

गोकर्णेश्वर खबर२५ कार्तिक २०८०, शनिबार ०९:०१ मा प्रकाशित (६ महिना अघि) १५४ पाठक संख्या

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ३९ औँ जयन्तीका अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

फाल्गुनन्दको जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सामाजिक रुढीवादीको अन्त्य गर्दै समाजलाई सही बाटो देखाउँदै आर्थिक अनुशासन कायम गर्न महागुरु फाल्गुनन्दले दिएको मार्गनिर्देश अनुशरणीय रहेको उल्लेख गरेका छन् ।
सन्देशमा राष्ट्रपति पौडेलले सामाजिक चेतना फैलाउने महागुरु फाल्गुनन्द धार्मिक गुरु मात्र नभई सामाजिक अभियन्ताको रुपमा समाज सुधारक भई कार्यसमेत गरेको उल्लेख गरेका छन् ।

उनले फाल्गुनन्द जयन्तीले सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

यसैगरी उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि फाल्गुनन्दको जयन्तीमा शुभकामना व्यक्त गरेका छन ।

उनीहरूले फाल्गुनन्दको उच्च आदर्श, सद्विचार, पवित्र उद्देश्य र उनले अवलम्बन गरेको सत्मार्ग किराँत धर्म र संस्कृतिका लागि मात्रै नभई सिङ्गो नेपाली समाज र अन्य धर्मावलम्बीका लागि पनि उत्तिकै मार्गदर्शन गर्ने महत्वपूर्ण पक्ष भएको बताएका छन् ।