आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

मनसुन पश्चिमबाट क्रमशः हट्दै

गोकर्णेश्वर खबर२० आश्विन २०८०, शनिबार ०७:३९ मा प्रकाशित (७ महिना अघि) २८ पाठक संख्या

काठमाडौँ । नेपालबाट मनसुन (वर्षा गराउने प्रणाली) बाहिरिन सुरु गरेको छ।

मौसम पूर्वानुमान महाशाखका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिएको हो।

नेपालका बाँकी स्थानबाट पनि मनसुन केही दिनमा बाहिरिने सम्भावना देखिएको महाशाखाले जनाएको छ।

यस विषयमा महाशाखाले नियमित अनुगमन गरिरहेको छ र थप जानकारी दिँदै जाने जनाइएको छ।

नेपालबाट मनसुन बाहिरिनुपर्ने औसत मिति अक्टोबर २ तारिख नै थियो। तर यसपालि मनसुन बहिर्गमनमा केही ढिलाइ भएको मौसमविद्ले बताएका छन्।

मौसमविद्का अनुसार मनसुन पश्चिमबाट क्रमशः हट्दै पूर्वबाट बाहिरिन्छ।