आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

मौसम खराबीका कारण जहाज नउडेपछि भरतपुरमै रोकिए प्रधानमन्त्री प्रचण्ड

गोकर्णेश्वर खबर२८ श्रावण २०८०, आईतवार १३:१६ मा प्रकाशित (९ महिना अघि) ८६ पाठक संख्या

चितवन । मौसमको खराबीका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ चितवनमै रोकिएका छन्।

शक्रबार भरतपुर आइपुगेका प्रधानमन्त्री दाहाल शनिबार भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए।

उनी आइतबार विहान ७ः३५ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं फर्कने तयारी थियो।

तर मौसम बिग्रिएका कारण जहाज उड्न नसकेको भरतपुरस्थित बुद्ध एयरका प्रमुख भक्तबहादुर बस्नेतले बताए।

‘विहान ८ः५५ मा काठमाडौंबाट जहाज आइपुगेको थियो। तर खराब मौसमका कारण फर्कन सकेको छैन,’ बस्नेतले भने, ‘अल्लीअघि सम्म काठमाडौंको मौसम राम्रो थिएन। अहिले त्यता राम्रो हुँदैछ तर यताको बिग्रिएपछि फर्कन सकेन।’

उनले मौसममा सुधार हुँदै गएकाले केहीबेरमा जहाज उड्ने सम्भावना रहेको बताए।

भरतपुरमा अहिले झरी परिरहेको छ।

प्रधानमन्त्री दाहाल पारिवारिक भेटघाटका लागि भरतपुर आएका थिए। उनी शिवनगरस्थित निवासमा बसेका थिए।