आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

अधिवक्ता भगवती पाण्डे पक्राउ

गोकर्णेश्वर खबर१७ श्रावण २०८०, बुधबार १६:१९ मा प्रकाशित (९ महिना अघि) २४६ पाठक संख्या

काठमाडौं। विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् ।

टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द पुनले जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।

उक्त जाहेरीका आधारमा बुधबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको पक्राउको माग राखेर तामाङ समुदायका विभिन्न संघसंस्थाले बुधबार दिउँसो प्रहरी परिसर टेकुमा धर्ना दिँदै प्रदर्शन गरेका थिए ।