आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

चन्द्रागिरिमा मारूती भ्यान भीरबाट खस्यो, दुई जनाको मृत्यु

गोकर्णेश्वर खबर१२ श्रावण २०८०, शुक्रबार १५:४७ मा प्रकाशित (९ महिना अघि) २०३ पाठक संख्या

काठमाडौँ – काठमाडौँको चन्द्रागिरि नगरपालिकामा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिन्धुली घर भएका २० वर्षीय नवराज ठोकर तामाङ र काभ्रे घर भएका ४५ वर्षका अनिल तामाङ रहेको प्रहरी वृत्त थानकोले जानकारी दिएको छ।

थानकोटबाट चित्लाङ जाँदै गरेको वा १० च ३५४६ नम्बरको मारूती भ्यान पानीघाटनजिक भीरबाट खसेको प्रहरी नायब उपरीक्षक ९डिएसपी० नारायणप्रसाद अधिकारीले जानकारी दिए।
गाडीमा पाँच जना सवार रहेकोमा ३ जनालाई सकुशल उद्धार गरिरएको प्रहरीले बताएको छ।

गाडी सडकबाट खसेर भीरको बीचमा अड्किएको बताइएको छ।