आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

प्रधानमन्त्री पत्नी सीताको राजकीय सम्मानका साथ पशुपतिमा अन्त्येष्टि,प्रचण्डसँगै दुई छोरीले दिए दागबत्ती

गोकर्णेश्वर खबर२७ असार २०८०, बुधबार १५:५० मा प्रकाशित (१0 महिना अघि) २९४ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री पत्नी सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् ।

दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।

उनको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानुअघि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । त्यहाँ विभिन्न राजनीतिक दलका नेता तथा उनका शुभचिन्तकहरुले श्रद्धाञ्जली दिएका थिए ।

यस्तै विभिन्न दलका शीर्ष नेताहरूले पशुपति आर्यघाटमा पुगेर पनि सीताप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सीताको निधन भएपछि बसेको मन्त्रिपरिषदको बैठकले उनको राजकीय सम्मानका साथ अन्त्येष्टी गर्ने निर्णय गरेको थियो ।