आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

सीता दाहालको शव आर्यघाट लगियो,राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय

गोकर्णेश्वर खबर२७ असार २०८०, बुधबार १५:४१ मा प्रकाशित (१0 महिना अघि) २०५ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको शव पशुपति आर्यघाटमा लगिएको छ ।

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको दाहालको शव बुधबार दिउँसो साढे २ बजेपछि आर्यघाट लगिएको थियो ।

दाहालको बुधबार बिहान ८ः३३ बजे काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो । बुधबार नै सरकारकामन्त्रिपरिषद् बैठकले दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।