आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

सीता दाहालको पार्थिक शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने ,आजै अन्त्येष्टि गरिने

गोकर्णेश्वर खबर२७ असार २०८०, बुधबार १०:४९ मा प्रकाशित (१0 महिना अघि) १६१ पाठक संख्या

काठमाडौं । बुधबार बिहान निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिने भएको छ।

उनको बुधबार बिहान ८ः३३ बजे उपचारका क्रममा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो।

गम्भीर प्रकारको नशासम्बन्धीबाट गुज्रिइरहेकी उनको बिहान एक्कासी शरीरमा अक्सिजनको मात्रा घटेको थियो।

बिहान ८ बजे अस्पताल पुर्‍याएकी उनको निधन भएको अस्पतालले जानकारी दिएको हो।

उनको पार्थिक शरीर बिहान ११ बजेदेखि पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा दिउँसो अन्त्येष्टि गरिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

सीता २०५२ सालभन्दा अगाडिदेखि नै राजनीतिमा सक्रिय थिइन्। तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको सशस्त्र संघर्षमा भूमिगत भएकी दाहाल खुला राजनीतिमा पनि पार्टी काममा सक्रिय थिइन्।

२०७४ साल मंसिरमा छोरा प्रकाश दाहालको निधन भएपश्चात् उनलाई रोगले गाँज्दै लगेको थियो। पछिल्लो समय उनी ओछ्यान नै परेकी थिइन्।