आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

संसदको अवरोध हटाउने विषयमा सहमति खोज्न ३ शीर्ष नेता सिंहदबारमा

गोकर्णेश्वर खबर२५ असार २०८०, सोमबार १४:११ मा प्रकाशित (१0 महिना अघि) ११५ पाठक संख्या

काठमाडौं । संसदको अवरोध हटाउने विषयमा सहमति जुटाउन तीन दलका शीर्ष नेता आज पनि छलफलमा बस्दैछन् । सिंहदबारमा अब केहीबेरमा छलफल सुरू हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिलाई लिएर नेकपा एमालेले निरन्तर सदन अवरोध गर्दै आइरहेको छ ।

आइतबार पनि प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गरेका थिए । तर, आइतबारको समझदारी केही घण्टामै भाँडिएको थियो ।

प्रधानमन्त्रीको राजीनामालाई बटमलाइन बनाएको एमालेले प्रचण्डले सदनमा आत्मालोचना गरे अघि बढ्न दिने भएको थियो । तर, ओलीले एमालेलाई लाञ्छना लगाइएको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यको असार २१ गतेको वक्तव्य र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभिव्यक्ति फिर्ता लिनुपर्ने अडान राखेका छन् ।