आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

३८ वर्षको उमेरमा एसईई दिएका रास्वपा गोनपा नगर सदस्य चौलागाईले ल्याए ३.२५ जीपीए,उमेरले छेकेन पढाई

गोकर्णेश्वर खबर२३ असार २०८०, शनिबार १९:१५ मा प्रकाशित (१0 महिना अघि) ६२८ पाठक संख्या

काठमाडौं । भनिन्छनी जहाँ दृढ इच्छा शक्ती त्यही उपाय र सफलता । मानविय जीवन कहिले घाम कहिले छायाँको श्रृंखला हो । सफलता पाउँदैमा मात्तीने र असफलतामा आत्तिनु कदापी हुँदैन् । यस्तै दृढ संकल्प र अठोटबाटै सफलता हासिल गरेका छन् गोकर्णेश्वरका ३८ वर्षीय कृष्ण चौलागाईले । आज भोली कामको व्यस्थताले होस् वा समय मागका कारण सानै उमेर स सना बालबालिकालाई विद्यालय पठाउने चलन छ । करिब ३ वर्षको उमेर पुगेपछि बालबालिकालाई विद्यालय पठाउँने र आफ्नो जागिर व्यवसायमा इन्गेज हुने चलन बढ्दो छ नेपाली समाजमा । तर सानो उमेरमा तिक्ष्ण बुद्धि हुने उमेर ढल्केपछि कम हुने जानकारहरुको भनाई रहेता पनि इच्छा शक्तीनै पहिलो आघार हो भन्ने प्रमाणीत गरेका छन् ३८ वर्षीय चौलागाईले।

चौलागाईले ३८ वर्षको उमेरमा पनि एसईई पास गरेर पढाईलाई उमेरले छेक्दैन है भन्ने प्रमाणीत गरेका छन् । चौलागाईलाई सानो उमेरमै पढ्ने चाह हुँदा हुँदै परिवारको आर्थिक अवस्थाका कारण कारण १५ /१७ वर्षको उमेरमा एसईई दिने वातावरण मिलेन तथापी पढ्ने हुटहुटीले उनलाई कहिले छाडेको थिएन । सोही अनुरुप थापाले एसईई दिने मनशाय बनाएर गोकर्णेश्वरको एक विद्यालय भर्ना भए । तर उनी विद्यालय जाने समय फूर्सत थिएन घरमै बसेर स्व अध्ययन गरे ।

नजानेको कुराहरु बेलाबेला विद्यालय गएर शिक्षकहरुसँग ढुक्क राख्थे । कहिले फोनबाट त कहिले सामाजिक संजालबाट जोडिएर पनि अध्ययनमा लगाव राखिराखे । उनलाई शिक्षकहरुले पनि पढ्ने कुरामा साथ दिए । उनको मेहनत र इच्छा शक्तीकै कारण हिजो मात्र प्रकाशित परिक्षाफलमा उनले ३.२५ जीपीए लिएर एसईई उर्तीण गरे । पछिल्लो समय नेपालको राजनीति उतार चढावमै छ । जनताका मुद्धा आझेलमा परेका छन् पहुँच र शक्तीका भरमा सरकार देखि प्रशासन हलचल हुने पारिपाटी चलिरहेको छ । यस्तै विकृती विसंगतीका विरुद्ध लाग्दै उनी योगदान राष्टका लागि नामको संस्थामा गोकर्णेश्वर नगर अध्यक्ष समेत रहेका छन् । सामाजिक कार्यमा पनि उत्तिकै चाख राख्ने चौलागाई अहिले उदाउँदै गरेको नयाँ दल राष्टिय स्वतन्त्र पार्टीमा पनि आबद्ध छन् । उनी रास्वपा गोकर्णेश्वर नगर कमिटी सदस्य समेत रहेका छन् ।

पढाई सँगसँगै राजनीतिलाई पनि अगाडी बढाएर जनताको सेवामा लाग्ने उनको इच्छा छ । भन्छन् -”देश आर्थिक मन्दी तिर उन्मुख छ तर सरकार ठूला भनिएका राजनीतिक दलका नेता भागवण्डामै लिप्छ छन् । राजनीतिबाटै देश र जनताको पक्षमा काम गर्न सकिने ठानेरै रास्वपामा आबद्ध छु । जनताका आधार भूत आवश्यकता पूरा गर्दै देश विकास र समृद्धि तर्फ हाम्रै पालामा लग्नु पर्छ भन्ने संकल्प छ । व्यवसाय चौपट हुँदै गएका छन् । आर्थिक अभाव र बैंकको व्याजका कारण व्यवसायी आत्महत्याको बाटो रोज्दै गएका घटना बाहिर आउँन थालेका छन् तर सरकारले आवश्यक कदम चाल्न सकेको छैन् । छ त केवल सरकार बनाउँने भत्काउने खेल मात्र । अब यूवाहरु नयाँ सोच र शक्तीका साथ अगाडी बढ्नु पर्छ देश विकास निमार्णका सरिक हुनुपर्छ ।”

चौलागाईले दृढ इच्छाशक्ती र संकल्प गरे जनसुकै कुरामा पनि सफलता पाइने बताउँछन् । “हिजो पनि सामाजिक कार्यमै थिए आज पनि जनताको सेवामै तल्लीन छु । हिजो पढ्ने इच्छा थियो तर अभाव पनि सँगै थियो ‘चौलागाईले भने ‘त्यसैले समयमै पढ्न नपाए पनि अहिले पढाईको महत्व र आवश्यकता झनै बढेको महशुस हुन थालेरै एसईईमा सरिक भएको हुँ । कर्म गरे पक्कै राम्रो फल पाइदो रहेछ भन्ने भान अवश्य भएको छ ।’