आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

गोकर्णेश्वरमा मेलम्ची र सुन्दरीजलको पानी वितरणको माग राख्दै उपत्यका खानेपानी लिमिटेड पुगे मेयर रिसाल

गोकर्णेश्वर खबर१३ असार २०८०, बुधबार २१:१६ मा प्रकाशित (१0 महिना अघि) १२३ पाठक संख्या

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले खानेपानी उपलब्ध गराउन भन्दै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई पत्र बुझाएको छ ।

मेयर दिपक रिसालले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड महाङकालका प्रमुख नारायण कर्णलाई पत्र बुझाउँदै गोकर्णेश्वरबासीलाई मेलम्ची र सुन्दरीजलको पानी वितरण अविलम्ब गर्नुपर्ने माग राखे ।

मेलम्चीको पानी यहि नगर भएर अन्यत्र लैजाने तर गोकर्णेश्वर नगरबासीलाई बेवास्ता गर्ने हो भने पानी वितरणमा अवरोध समेत सिर्जना हुन सक्ने मेयर रिसालले चेतावनी दिए ।

मेलम्ची र सुन्दरीजलको खानेपानी गोकर्णेश्वर कै बाटो हुँदै गएपनि नगरबासीलाई भने अहिले शुद्ध खानेपानीको अभाव रहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

उनले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडबाट वितरण हुने सुन्दरीजलको खानेपानी वडा नं १,२,३ र ४ सम्म वितरण भइरहेको र वडा नं ५, ६,७,८,र ९ वडाहरुको लागि लाइनबाट वितरण हुने व्यवस्था मिलाईदिन आग्रह गरे ।

सो विषयमा महाङकालका प्रमुख नारायण कर्णले सकारात्मक जवाफ दिएको मेयर रिसालले बताए ।

नगरबासीले शुद्ध खानेपानी पिउन पाउनु पर्ने नगरपालिकाको पहिलो प्राथमिकता रहेको र सोहि अनुसार मेलम्ची र सुन्दरीजलको पानी वितरण गरिदिनु पर्ने माग सहित मेयर दिपक रिसाल स्वयंम उपत्यका खानेपानीको कार्यालय पुगेको थिए ।