आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

छात्रवृत्ति नदिने ४३ बोर्डिङलाई एक हप्ताभित्र स्पष्टीकरणसहित विवरण बुझाउन गोकर्णेश्वर नगरपालिकाको निर्देशन

गोकर्णेश्वर खबर११ असार २०८०, सोमबार २३:०७ मा प्रकाशित (१0 महिना अघि) ७०८ पाठक संख्या

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले पटक-पटक ताकेता गर्दा पनि छात्रवृत्ति वितरण गरी विवरण नपठाउने,पाठ्यपुस्तक र शुल्क प्रस्ताव नगर्ने ४३ निजी (संस्थागत) विद्यालयहरूलाई स्पष्टीकरणसहित विवरण बुझाउन निर्देशन दिएको छ।

सोमबार नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले विद्यालयहरूको नाम सार्वजनिक गर्दै यस्तो निर्देशन दिएको हो।

‘विद्यालयहरूले तोकिएको मितिमा शुल्क प्रस्ताव, पाठ्यपुस्तक, लेखापरीक्षक नियुक्ति, छात्रवृत्ति वितरण आदिका निर्णयसहितका कागजातहरू यस नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा बुझाउनुपर्ने ब्यहोरा विदितै छ,’ स्पष्टीकरणसहित विवरण बुझाउनेसम्बन्धी पत्रमा भनिएको छ।

नगरपालिकाले विभिन्न मितिमा पटक(पटक मेसेन्जर, फेसबुकलगायत सामाजिक सञ्जालबाट समेत सूचना गर्दा पनि विवरण नबुझाएको जनाएको छ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले हालसम्म किन पेस नगरिएको हो?, पेश नगर्नुको कारणसमेत खुलाइ यो सूचना प्रकाशन भएको मितिले एक हप्ताभित्र स्पष्टीकरणसहित विवरण बुझाउन ती विद्यालयहरूलाई निर्देशन दिएको छ।

विद्यालयहरूको सूची_