आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ : प्रधानमन्त्री प्रचण्ड

गोकर्णेश्वर खबर११ असार २०८०, सोमबार २०:०० मा प्रकाशित (१0 महिना अघि) ४५ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले अहिलेको गठबन्धन पाँच वर्ष अगाडि जाने बताएका छन्।

धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन समुद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले पाँच वर्षसम्म गठबन्धन रहने बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले भने, अहिले कता कता यो सरकारको आयु कति भनेर मिडियामा हुने नहुने चर्चा चल्ने गरेको छ। पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ।

१८ औं शताब्दीमा कार्ल मार्क्सले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ ? नसोची तिमी आफू आफ्नो उद्धेश्यमा अगाडि बढ भनेको स्मरण गर्दै दुनियाँले के भन्छ? त्यतातिर भन्दा पनि राम्रो गर्दै जानेतिर आफ्नो ध्यान रहेको प्रधानमन्त्रीको भनाइ छ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भए पनि राम्रो गरेको देखि नसहने नकारात्मक प्रवृत्ति भएकाहरूले अनावश्यक विरोध गरेको प्रधानमन्त्रीको भनाइ थियो।

आफूले देश र जनताको पक्षमा राम्रो गर्दै जाने बताउँदै जनता पक्षमा गरेका कामको जनताले नै फैसला गर्ने उनले विश्वास समेत व्यक्त गरे।