आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

गोकर्णेश्वर नगरपालिकाले गर्यो ११ औं नगर सभा,नगरको दिगो विकासका लागि ठोस रुपमा अगाडि बढ्ने मेयर रिसालको भनाई

गोकर्णेश्वर खबर९ असार २०८०, शनिबार २३:०० मा प्रकाशित (१0 महिना अघि) ३३२ पाठक संख्या

काठमाण्डौ । गोकर्णेश्वर नगरपालिकाले ११ औं नगर सभा सम्पन्न गरेको छ ।

आज(शनिबार)जोरपाटी स्थित पिस ब्याङ्केटको सभाहलमा नगरसभाको आयोजना गरिएको हो ।

गोकर्णेश्वर नगरपालिका नगर प्रमुख दिपक कुमार रिसालको सभा अध्यक्षतामा शुरु भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेको प्रमुख आतिथ्यता रहेको थियो

कार्यक्रममा प्रतिनिधि सभा सदस्य शान्ती श्रेष्ठ, बाग्मती प्रदेश सदस्यद्वय छिरिङ दोर्जे लामा, बिमल ठकुरी,पूर्वमन्त्री रामेश्वर फुयाल, पूर्व सांसद कृष्ण राई, गोकर्णेश्वर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा,विभिन्न वडाका वडा अध्यक्षहरु,विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, नगरकमिटिका अध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो ।

नगर प्रशासन शाखा प्रमुख भुपेन्द्र बोहराद्वारा सहजीकरण गरिएको कार्यक्रममा नगर उप प्रमुख सान्नानी लामाले स्वागत मन्तव्य राखेकी थिइन भने कार्यक्रमका प्रमुख अतिथी सांसद चालिसेद्धारा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद चालिसेले देशको आर्थिक अबस्था धरासयी हुँदै गएको यो कठिन अबस्थामा सम्पुर्ण नागरिकहरु गम्भीर भएर सोच्नुपर्ने बेला आएको बताए। बिगत ६ वर्ष देखि नगरको समृद्धिका लागी नगरका वडा न१,२,३ र ४ वडालाई कृषी पकेट क्षेत्र घोषणा गर्दै लाखौ अनुदान दिइएको बताउँदै सांसद चालिसेले संसदमा पनि नगरपालिकाको बारेमा कुरा राख्दै आएको अवगत गराए । उनले संसद कुस्ती खेल्ने ठाउँ नभई नीति निर्माण गर्ने ठाउँ भएकोले नगर र क्षेत्रको विकास समेत आफ्नो पूर्ण रुपमा ध्यान गएको उल्लेख गरे । सांसद चालिसेले विकास निमार्णका सवालमा कुनै पार्टी दल गुट नभई सम्पुर्ण नगरबासी मिलेर अगाडि बढ्न आग्रह गरे ।

कार्यक्रममा नगर प्रमुख दिपक कुमार रिसालले आव २०७९/८० को नीति कार्यक्रम तथा बजेट कार्यन्वयन अन्तिम चरणमा रहेको जानकारी दिए। उनले बिगतका वर्षको नीति बजेट र कार्यक्रम कार्यन्वयनको अनुभव र सिकाइबाट नगरको दिगो र सन्तुलित बिकासका लागि ठोस रुपमा अगाडि बढिने बताए।
मेयर रिसालले नगर सभाले पारित गरेको नीति तथा कार्यक्रमले नगरपालिकाको बजेट र योजना तथा कार्यक्रम निर्माणमा प्रशस्त मार्गनिर्देशन गर्ने बारे आफू बिश्वस्त रहेको बताए।

नगर प्रमुख रिसालले मुख्य त ७ वटा बिषय क्षेत्रहरुमा आगामी योजना तथा कार्यक्रम प्राथमिकताका साथ अगाडी बढाएको उल्लेख गरे । उनले गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूत गर्ने, सिपमुलक कार्यक्रमहरु मार्फत नागरिकलाई स्वरोजगार र आत्मनिर्भर बनाउने,आधुनिक प्रबिधिको माध्यामबाट फोहोरमैला वर्गीकरण र ब्यबस्थापन, प्राबिधिक, व्यवसायिक गुणस्तरीय शिक्षामा जोड, स्थानिय कृषि उत्पादन र उत्पादकत्वको वृद्धि गरि आय आर्जन र रोजगारीका क्षेत्र फराकिलो बनाउने,सेवाग्राही मैत्री सार्बजनिक प्रशासन संचालन गर्ने संस्थागत सुशासनमा जोड र दिगो बिकास वातावरण संरक्षण र बिपद ब्यबस्थापन लगायतका कार्यहरुमा बिशेष गरि जोड दिइने बताए

नगर प्रमुख रिसालले नीति तथा कार्यक्रम तर्जुमा गर्दा नेपालको संबिधानको प्रस्तावना, मौलिक हक, राज्यका निर्देश सिद्धान्त र नीतिहरु स्थानीय आर्थिक कार्य प्रणाली एवं एकल तथा साझा अधिकार सुची,स्थानिय सरकार संचालन ऐन २०७४ ले ब्यबस्था गरेका स्थानीय सरकारका काम कर्तब्य अधिकार र दायित्व, संघिय सरकार र प्रादेशिक सरकारले अबलम्बन गरेका नीति प्राथमिकता,आर्थिक तथा बित्तीय नीति,अन्तर्राष्ट्रिय जगतमा जनाएका प्रतिबद्धता सन्धि सम्झौता र महासन्धीहरु, नगरपालिकाको क्षेत्रगत नीति ,रणनीति योजना प्रतिबेदन ,बिकासका समसामयिक मुद्दा सामाजिक संरक्षण जलवायु परिवर्तन बिपद ब्यबस्थापन स्थानीय शासन,पुर्ण खोप युक्त तथा उर्जा संकट लगायतका अन्तर सम्बन्धीत बिषयका आधारमा बनाईएको जानकारी दिए।

त्यस्तै प्रमुख रिसालले नगर अन्तर्गतका ९ वटै वडा भित्रका क्षेत्रगत आधारमा स्वास्थ्य ,शिक्षा युवा तथा खेलकुद, कृषि तथा पशु बिकास ,फोहोर मैला ब्यबस्थापन ,वन वातावरण तथा बिपद ब्यबस्थापन, धर्म संस्कार संस्कृति कला र साहित्य संरक्षण, पर्यटन प्रवर्द्धन,लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, उधोग सहकारी र रोजगारी सहरी बिकास तथा पुर्वाधार ,सुचना तथा सञ्चार प्रबिधि,शुसासन,योजना तथा कार्यक्रम ब्यबस्थापन, लगानी ब्यबस्थापन दिगो बित्त ब्यबस्थापन कानुन तथा मानव अधिकार न्याय सम्बन्धी कार्यक्रमहरु बुँदागत रुपमा स्पष्ट पारे।

राष्ट्रिय स्वतन्त्र पार्टीका मनोज ढुंगाना ,राप्रपा नगर कमिटीका अनिल पराजुलीले विभिन्न सुझाव समेत दिएका थिए।नेकपा माओवादी केन्द्र नगर कमिटी अध्यक्ष मान बहादुर तामाङ,नेकपा एमालेका अध्यक्ष उद्धव बिस्ट,नेपाली कांग्रेसका नगर अध्यक्ष कुमार लामा,प्रदेश सांसद बिमल ठकुरी, छिरिङ दोर्जे लामा पूर्वमन्त्री रामेश्वर फुयाल,पूर्व सांसद कृष्ण राई लगायतले यो आर्थिक वर्षको बजेट नीति तथा तर्जुमा कार्यक्रमले यस नगरपालिकाको समग्र बिकासका लागि सम्बोधन गर्नुपर्नमा जोड दिए ।