आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

आज वेस्ट इन्डिजसँग खेल्दै नेपाल

गोकर्णेश्वर खबर७ असार २०८०, बिहीबार ०९:१९ मा प्रकाशित (११ महिना अघि) ६९ पाठक संख्या

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले आज आफ्नो तेस्रो खेल खेल्दैछ।

नेपालले आज टेस्ट टिम वेस्ट इन्डिजसँग हरारेमा प्रतिस्पर्धा गर्न लागेको हो। खेल १२ः४५ मा सुरू हुनेछ।

यसअघि नेपालले पहिलो खेलमा जिम्बावेसँग हार बेहोर्दा दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो।

वेस्ट इन्डिजले भने दोस्रो खेल खेल्न लागेको हो। उसले पहिलो खेलमा अमेरिकालाई पराजित गरेको थियो।

नेपाल र वेस्ट इन्डिजबीच एकदिवसीय खेलमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो।