आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

कमल थापा भन्छन्- सेनाको संख्या घटाउने नभई संघीयता खारेज गरौं

गोकर्णेश्वर खबर६ असार २०८०, बुधबार १९:१३ मा प्रकाशित (११ महिना अघि) २० पाठक संख्या

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सेनाको सङ्ख्या घटाउने नभई, संघीयता खारेज गर्नुपर्ने बताएका छन्।

बुधबार ट्विट गर्दै थापाले यत्रो ठूलो संख्यामा मन्त्री, सांसद र जनप्रतिनिधि नचाहिने भन्दै संघीयता खारेज गर्नुपर्ने बताएका हुन्।

‘सेनाको संख्या घटाउनुपर्छ भन्नेहरुले नेपालको भूराजनीति एवं आन्तरिकःबाह्य सुरक्षा संवेदनशीलता बुझेका छैनन्।

घटाउनुपर्ने त बेतनभोगी जनप्रतिनिधिहरूको संख्या हो। नेपाल जस्तो देशलाई किन चाहिन्छ करिब १०० मन्त्री, ५०० सांसद, हजारौंको संख्यामा तलबभत्ता खाने जनप्रतिनिधि? संघीयता खारेज गरौं,’ उनले लेखेका छन्।