आज: ८ जेष्ठ २०८१, मंगलवार | Tue, 21, May, 2024

कुवेतसँग नेपाल ३–१ गोलले पराजित

गोकर्णेश्वर खबर६ असार २०८०, बुधबार १८:३६ मा प्रकाशित (११ महिना अघि) ४८ पाठक संख्या

काठमाडौं । साफ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल कुवेतसँग ३–१ गोल अन्तरले पराजित भएको छ।

भारतको बैंगलोरस्थित श्री कांतिराव रंगशालामा भएको खेलमा नेपाल बलियो टोली कुवतेसँग पराजित हुँदै अंक गुमाएको हो। कुवेतको लागि मोहम्मद अबदुल्लाह, खादिल हाजिाय र सबाइब खादीले गोल गरे। नेपालका लागि एक मात्र गोल अन्जन विष्टले गरे।

कुवेतका क्याप्टेन खालिद हजियाले २३औं मिनेटमा कर्नर किकमार्फत् बाउन्स हुँदै आएको बललाई छातीमार्फत् जाली चुमाएका थिए। त्यसपछि ४२ औं मिनेटमा सबाइबल खादीले गोल गर्दै अग्रता दोब्बर बनाए। डिबक्सबाट डिफेन्डरलाई छलाउँदै उनले हानेको प्रहार गोल भएको थियो।

पहिलो हाफ २–० को अन्तरमा सकिएको थियो। दोस्रो हाफको ६५औं मिनेटमा फेरि कुवेतले तेस्रो गोल गर्‍यो। कुवेतका लागि तेस्रो गोल मोहम्मद अबदुल्लाहले पेनाल्टीमार्फत् गरे।

त्यसको लगत्तै तीन मिनेटपछि नेपालले गोल फर्कायो । नेपालका लागि ६७औं मिनेटमा अन्जन विष्टले गोल गरे। बाँकी समय दुवैतर्फबाट गोल हुन नसकेपछि खेल कुवेतले ३–१ को अन्तरले जित्यो।

१४औं संस्करणको साफको पहिलो खेलमा साविक उपविजेता नेपालले आमन्त्रित टिम कुवेतसँग पराजित हुँदै अंक गुमायो। पहिलो हाफमा फितलो प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा भने केही सुधार गर्दै कुवेतविरुद्ध राम्रा अवसरहरु सिर्जना गरेको थियो

कुवतेसँग भएको यो सहितको १० वटा प्रतियोगितमा नेपाल ९ मा हार र १ बराबरी खेलेको छ।