आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

सहयोगी माविका विद्यार्थीहरुलाई भिजन क्लब अफ काठमाडौँद्वारा शैक्षिक सामाग्री प्रदान

गोकर्णेश्वर खबर५ असार २०८०, मंगलवार २०:२७ मा प्रकाशित (११ महिना अघि) ५५ पाठक संख्या

काठमाडौं । भिजन क्लब इन्टरनेसनल अन्तर्गतको भिजन क्लब अफ काठमाडौँ ले विद्यालयमा शैक्षिक सामग्री प्रदान गरेको छ । सामाजिक तथा मानवीय सेवा गर्ने उदेश्यका साथ् खोलिएको क्लबले आइतबार गोकर्णेश्वर नगरपालिका ४ गोकर्ण स्थित श्री सहयोगी माध्यमिक बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुको लागि शैक्षिक सामग्री प्रदान गरेको हो ।

आर्थिक रुपमा कमजोर विद्यार्थीहरुको शैक्षिक विकासमा सहयोग पुगोस् भनेर उक्त विद्यालयका करिब २२९ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको हो ।

क्लबमा आवद्द स्वयं सेवीहरुको आर्थिक सहयोगमा विद्यार्थीलाई पठनपाठनमा सहजता गराउने उद्देश्यले शैक्षिक सामग्री अन्तर्गत कापी कलम वितरण गरिएको आयोजकले जानकारी दिएको छ ।

विद्यार्थीहरुलाई लायन्स क्लब का पुर्व डिस्ट्रिक गभर्नर लायन कुमार राज सुवेदी, गोकर्णेश्वर ४ का वडा अध्यक्ष जयराम महत ,क्लबका अध्यक्ष राज कृष्ण श्रेष्ठ, सदस्य जिवन श्रेष्ठ लगायतले शैक्षिक सामग्री प्रदान गरेका हुन ।