आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

नेपाली कांग्रेस नेता कुमारराज सुवेदीद्धारा पार्टी परित्यागको घोषणा

गोकर्णेश्वर खबर५ असार २०८०, मंगलवार १९:२० मा प्रकाशित (११ महिना अघि) ६९४ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेस गोकर्णेश्वरका नेता तथा १४ औं महाधिवेशन प्रतिनिधि कुमार राज सुवेदीले पार्टी परित्यागको घोषणा गरेका छन् ।

काठमाडौंको गोकर्णेश्वरमा क्रियाशिल रहेका नेता सुवेदीले पछिल्लो समय पार्टीमा मोलाउँदै गएको भ्रष्टाचार, पुराना,बिचार सुन्य,योजनाबिहिन,अकर्मण्य देखापरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको घोषणा गरेका हुन ।

उनले सामाजिक संजालमा स्टाटस मार्फत पार्टीमा योग्य र ईमान्दारहरुले अवसर लिने अवस्था नरहेको पार्टीको टिकट किनबेच,अवसरमा आफ्नालाई र सौदाबाजिमा लेनदेन भइरहेको अवस्था रहेको भन्दै कांग्रेस पार्टीमा बस्न नसक्ने निर्णयमा पुगेको जानकारी दिए ।

”हालसम्म कांग्रेसले व्यवस्था परिवर्तनमा नेतृत्व गरे पनि अवस्था परिवर्तनमा नेतृत्व दिन सकेन। जनताका छोराछोरीले स्वदेशमा रोजीरोटी व्यवस्था गर्न नसकेर रोजगारी खोज्दै परिवार छाडेर बिदेशीनु परेको छ। स्वदेशमा रहनेहरुलाई पनि गरिखाने वातावरण छैन। जनताले पठाएको बिप्रेषणको पैसाले देशको अर्थतन्त्र धानेको छ’ ‘नेता सुवेदीले भने ‘अधिकतर नेताहरु भ्रष्टाचारमा डुबेका छन। पुराना,बिचार सुन्य,योजनाबिहिन अकर्मण्य नेताहरुले बारम्बार अवसर लुटिरहेका छन्।’

नेता सुवेदीले हाल सम्म आउन क्षेत्रीय प्रतिनिधि,महाधिवेशन प्रतिनिधि निर्वाचित हुन र परिवर्तन पक्षधर जिल्ला सचिव उम्मेदवार हूँदै गर्दा अमुल्य मतदान गर्ने,नैतिक साथ र समर्थन गर्नुहुने सबैमा हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गरेका छन् ।

उनले आगामी दिनहरुमा नयाँ राजनितिक अभियानमा नयाँ जागरणसहित गोकर्णेश्वर नगरपालिका र नगरवासीको समुन्नती तथा देश र जनताको हितमा समर्पित हुने गरी आउने बताए ।