आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

७० वर्षे उमेरहद फुकावापछि ओली भेट्न च्यासल पुगे वामदेव

गोकर्णेश्वर खबर३ असार २०८०, आईतवार १६:१४ मा प्रकाशित (११ महिना अघि) २०२ पाठक संख्या

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न च्यासलस्थित पार्टी कार्यालय पुगेका वामदेव गौतमले एक घन्टा लामो भेट गरेका छन् । आफू पहिल्यै एमालेमा सक्रिय रहन इच्छुक भए पनि समूहको व्यवस्थापन नटुंगिएकाले ढिलाइ भएको उनले बताए ।

‘म पहिल्यै एमालेमा आएर सक्रिय हुन खोजेको हो, तर साथीहरुको व्यवस्थापन कसरी गर्ने भन्नेमा कुरा मिलिसकेको छैन,’ ओलीसँग भेटेपछि गौतमले भने, ‘अहिले चुनौतीको बेला छ, आगामी चुनावमा ६० लाख भोट कटाउनेगरी काम गर्नुपर्छ । म पार्टीमा सलाम गर्न, सलाम खाएर बस्न आउने होइन, खटेर काम गर्न आउने हो ।’

ओलीले गौतमलाई पार्टीमा सक्रिय भएर लाग्न आग्रह गरेका छन् । उनको जिम्मेवारी के हुने भन्ने प्रष्ट खुलेको छैन । ओलीले नेताहरुसँग सल्लाह गरेर बताउने भनेको गौतमले बताए ।

एमालेमा ७० वर्षे उमेरहद फुकाउने निर्णय वामदेवकै व्यवस्थानका लागि भनेर पार्टी नेताहरुले भनिसकेका छन् । एमाले कार्यालय स्रोतका अनुसार गौतम ओलीसँग भेटेपछि उत्साहित छन् ।