आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

विश्वकप क्रिकेट छनोटमा जिम्बाव्वेविरुद्ध नेपालको राम्रो सुरुवाती, कुशलले पूरा गरे अर्धशतक

गोकर्णेश्वर खबर३ असार २०८०, आईतवार १४:१७ मा प्रकाशित (११ महिना अघि) २२४ पाठक संख्या

काठमाडौं । विश्वकप क्रिकेट छनोटमा कुशल मल्लले जिम्बाव्वेविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

हरारेमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालका लागि ‌ओपनिङ गरेका कुशलले ६३ बलमा अर्धशतक पूरा गरेका हुन् । त्यसक्रममा उनले ८ चौका हानेका छन् ।

२० औं ओभरको अन्तिम बलमा सिन विलियम्सलाई सिंगल प्रहार गर्दै भुर्तेलले अर्धशतक पूरा गरेका हुन् । एक दिवसीय क्रिकेटमा यो उनको छैटौं अर्धशतक हो ।

व्यक्तिगत एक रन बनाउँदा चौथो ओभरमै जिवनदान पाएका कुशलले त्यसपछि आक्रमक ब्याटिङ गरे । जिम्बाव्वेका सिकन्दरा राजाले भुर्तेललाई फस्ट स्लिपमा ड्रप गरेका थिए ।

उनको अर्धशतक मद्दमा नेपालले २० ओभरको खेल सकिँदा बिना क्षति ८४ रन बनाएको छ ।

अर्का ओपनर आसिफ शेख २९ रनमा खेलिरहेका छन् ।

नेपालले पाँच वर्षपछि जिम्बाब्बेसँग ५० ओभरको खेल खेलेको हो । नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्रसँग खेलेको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलसमेत हो ।