आज: ८ जेष्ठ २०८१, मंगलवार | Tue, 21, May, 2024

नेपाल युएईसँग पराजित

गोकर्णेश्वर खबर३० जेष्ठ २०८०, मंगलवार २१:०६ मा प्रकाशित (११ महिना अघि) १९ पाठक संख्या

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटका लागि जिम्बाव्वेमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम छनोट प्रतियोगिताअघिको अभ्यास खेलमा युएईसँग ३ विकेटले पराजित भएको छ ।

हरारेमा भएको खेलमा नेपालले दिएको २७७ रनको लक्ष्य युएईले एक खेल ७ विकेट गुमाएर अन्तिम ओभरमा भेट्टायो ।

पहिला ब्याटिङ गरेको नेपालले एक बल बाँकी छँदा सबै १० विकेट गुमाएर २७६ रन बनाएको थियो ।

नेपालले छनोटअघि दोस्रो अभ्यास खेल बिहीबार ओमानसँग खेल्नेछ ।