आज: ८ जेष्ठ २०८१, मंगलवार | Tue, 21, May, 2024

साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टिमको घोषणा

गोकर्णेश्वर खबर२५ जेष्ठ २०८०, बिहीबार १६:३५ मा प्रकाशित (११ महिना अघि) २१ पाठक संख्या

काठमाडौं । असार ६ बाट सुरु हुने दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपका लागि नेपालको अन्तिम टिम घोषणा गरिएको छ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले बिहीबार च्याम्पियनसिपका लागि अन्तिम टिम घोषणा गरेका हुन्।

टिममा विमल पाण्डे, सिमान्त थापा, निशान्त खड्का, लकेन लिम्बू र आभास लामिछानेले पहिलो पटक स्थान पाएका छन्।

च्याम्पियनसिपका लागि नेपालको समूहमा कुवेत, भारत र पाकिस्तान रहेका छन्।

नेपालले असार ६ मा कुवेतसँग खेल्नेछ भने असार ९ मा भारतसँग खेल्नेछ भने नेपालले समूहको अन्तिम खेल असार १२ मा पाकिस्तानसँग खेल्नेछ ।

च्याम्पियनसिप तयारी अन्तर्गत नेपालले जेठ ३२ मा फिलिपिन्ससँग खेल्ने तालिका रहेको छ।

नेपाली टिम

गोलकिपर ः किरण चेम्जोङ (आरजी पञ्जाब), दीप कार्की (मनाङ मर्स्याङ्दी क्लब), विशाल श्रेष्ठ (मछिन्द्र फुटबल क्लब)

डिफेन्डरः विमल पाण्डे (त्रिभुवन आर्मी फुटबल क्लब), सनिश श्रेष्ठ (एपीएफ फुटबल क्लब), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), देवेन्द्र तामाङ (मछिन्द्र फुटबल क्लब), निशान्त खड्का (संकटा क्लब), रोहित चन्द (पर्सिक केद्री), सिमन्त थापा (जावलाखेल युथ क्लब)

मिडफिल्डरः पुजन उपरकोटी (मछिन्द्र फुटबल क्लब), अरिक विष्ट (चर्च ब्वाइज युनाइटेड), नवीन लामा (एपीएफ फुटबल क्लब), मणिकुमार लामा (एपीएफ फुटबल क्लब), लकेन लिम्बु (थ्री स्टार क्लब), आभास लामिछाने (एपीएफ फुटबल क्लब)।

फरवार्डः आयुष घलान (संकटा क्लब), नवयुग श्रेष्ठ (त्रिभुवन आर्मी फुटबल क्लब), दिपकराज सिंह ठकुरी (सातदोबाटो युथ क्लब), अन्जन विष्ट (चर्च ब्वाइज युनाइटेड), मनिष डाँगी (संकटा क्लब), आशिष चौधरी (चर्च ब्वाइज युनाइटेड) , विमल घर्ती मगर (मछिन्द्र फुटबल क्लब)