आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

संसदमा कड्कीए राजेन्द्र लिङ्देन : नागरिकता विधेयक कसको स्वार्थ र खुशीका लागि पारित गरियो ?

गोकर्णेश्वर खबर२१ जेष्ठ २०८०, आईतवार १७:२५ मा प्रकाशित (११ महिना अघि) ३५७ पाठक संख्या

काठमाडौै । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीको भारत भ्रमण अगाडि नै नागरिकता विधेयक प्रमाणीकरण गर्नुको कारण सोधेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया र समयका सम्बन्धमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका हुन्।

यतिका दिन नागरिकता विधेयक प्रमाणीकरण सरकारको चासोको विषय किन भएन, लिङ्देनले अगाडि भने, भारत भ्रमण गर्नुभन्दा एकदुई घन्टाअघि मात्रै किन त्यसलाई प्रमाणीकरण गर्नुपर्‍यो? कसको स्वार्थको लागि र कसको खुशीका लागि यो काम गरियो? यसको जवाफ चाहियो।?

बाबुआमा नागरिक भएर पनि नागरिकता नपाएका उमेर पुगेका हजारौं मानिसहरूले नागरिकता पाउनुपर्छ र उनीहरूका लागि चाँडोभन्दा चाँडो नागरिकता ऐनमा संसोधन हुनुपर्छ भन्नेमा आफूहरू एकमत रहेको रहेको तर सरकारले गलत प्रक्रियाबाट पारित गरेको उनले बताए।

जुन प्रक्रियाबाट, जुन समयमा नागरिकता विधेयक प्रमाणीकरण गरियो त्यसको राष्ट्रिय प्रजातन्त्र पार्टी घोर भर्त्सना र विरोध गर्छ, उनले भने।

लिङ्देनले विधेयकलाई चाँडो भन्दा चाँडो प्रक्रियामा लैजान पनि माग गरेका छन्।

संसदबाट यसलाई अगाडि बढाउन ढिलाई नगरियोस्। गल्ती गरिएको छ, त्यसलाई सच्याइयोस्। राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा होइन, उनले भने।

आममाफीको विषयमा पनि प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने लिङ्देनको माग छ। अदालतको तीनवटै तहले दोषी प्रमाणित गरेको व्यक्तिलाई अदालतको फैसलाको पूर्णपाठ नआउँदै आम माफी दिने कुराले गलत नजिर बस्ने उनको भनाइ छ।

ुहामी कुनै एउटा व्यक्ती, कोही कसैको माफीसँग, कोही जेल जानु र छुट्नुसँगको कुरा गरिराखेका छैनौं। विधिको कुरा गरिरहेका छौं। देशलाई कुन बाटोतर्फ हिडाउन खोजिराखेका छौंरु उनले प्रश्न गरे।

लिङदेनले भारतले नयाँ संसद भवनमा राखेको अखण्ड भारतको नक्साबारे पनि प्रधानमन्त्रीलाई प्रश्न गरे। त्यसबारेमा भारतीय प्रधानमन्त्रीसँगको भेटमा कुरा उठाएनउठाएबारे सदनलाई जानकारी गराउन पनि उनले माग गरे। उनले यी प्रश्नहरूको उत्तर नआएसम्म संसद नचल्ने चेतावनी दिए।

भारतले राखेको अखण्ड भारतको नक्सा, जहाँ नेपालको महत्वपूर्ण भूमि लुम्बिनी कपिलवस्तुसमेत समावेश छ। त्यसको बारेमा उहाँले के उठाउनुभयो ? के छलफल भयो , उनले सोधे।