आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित

गोकर्णेश्वर खबर२१ जेष्ठ २०८०, आईतवार १७:२५ मा प्रकाशित (११ महिना अघि) ५५ पाठक संख्या

काठमाडौं– प्रमुख प्रतिपक्षी दल एमालेसहितका विपक्षी दलले अवरोध गरेपछि रोकिएको प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।

विपक्षी दलहरूको अवरोधका कारण बैठक सञ्चालन हुन नसकेपछि संसद् सचिवालयले सूचना टाँस गरेर बैठक सोमबार बिहान ११ बजे बस्ने जानकारी दिएको हो ।
यसअघि आज बैठक सुरु हुनासाथ नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकोमा विरोध गरेका थिए ।

विपक्षी दलका सांसदहरुले आआफ्नो स्थानमा उठेर नाराबाजी गरेपछि सभामुखले एक घन्टाका लागि बैठक स्थगित गरेका थिए ।