आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

एकीकृत समाजवादीका महासचिव भुसाललाई पितृशोक

गोकर्णेश्वर खबर२१ जेष्ठ २०८०, आईतवार १०:३५ मा प्रकाशित (११ महिना अघि) २८ पाठक संख्या

बुटवल । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई पितृशोक परेको छ।

आइतबार उनका पिता जगन्नाथ भुसालको निधन भएको छ।

९७ वर्षीय जगन्नाथको आज बिहान ७ बजे निधन भएको हो।

उनको रूपन्देहीको तिलोत्तमा नगरपालिका ९ स्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

स्वर्गीय भुसालका श्रीमती, चार छोरा र तीन छोरी छन्।