आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

काठमाडौँ क्षेत्र ३ कर्णाली जस्तै विकट छ,प्राथमिकताका साथ बजेट विनियोजन होस् : सांसद ठकुरी

गोकर्णेश्वर खबर१० जेष्ठ २०८०, बुधबार २१:२३ मा प्रकाशित (११ महिना अघि) १३९ पाठक संख्या

बागमती प्रदेशसभा सदस्य विमल ठकुरीले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ कर्णाली जस्तै विकट रहेकाले सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गर्नुपर्ने प्रदेशसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद ठकुरीले सो क्षेत्रका नागरिकहरू विकासको अनुभूत गर्नबाट वञ्चित रहेको बताएका छन ।

विकासमा पछाडि परेको क्षेत्रहरूलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउनु पर्ने ठकुरीको भनाई छ । काठमाडौँ विकसित जिल्ला भएपनि काठमाडौं क्षेत्र ३ निर्वाचन क्षेत्र सडक, खानेपानी, यातायात सुविधाको अवस्था अत्यन्त कमजोर रहेको उनले बताए ।

सांसद ठकुरीले प्रदेशका कुनैपनि क्षेत्रमा एक करोड रुपैयाँभन्दा कम लागतमा विकास निर्माणका काम हुनसक्ने अवस्था नरहेका कारण त्यसतर्फ सरकारको ध्यानाकर्षण समेत गराए छन् । एक वडामा एक करोड रुपैयाँका दरले बजेट पर्नुपर्ने ठकुरीको भनाई छ ।

सांसद ठकुरीले नेपाल ट्रष्टको स्वामित्वमा रहेको गोकर्ण वन क्षेत्रको पर्खाल सारेर सडक चौडा गर्न नसक्दा बागमती करिडोर सडक स्तारोन्नतीमा समस्या भइरहेको बताए । उनले सो विषयमा पनि सरकारले गम्भिर रुपमा लिएर काम गर्नुपर्ने बताए । रत्नपार्कबाट सुन्दरीजलसम्म साझा बस सेवा पु¥याउन पहल गर्नपनि उनले आग्रह गरे