आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

बागमतिमा जग्गा परेका पिडितलाई मुआब्जा दिन सन्तोष चालिसेको माग 

गोकर्णेश्वर खबर२३ चैत्र २०७९, बिहीबार १७:३० मा प्रकाशित (१ साल अघि) २२७ पाठक संख्या

२३ चैत, काठमाडौं । काठमाडौं क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले आज संसदमा वागमति चौंडा बनाउने क्रममा जग्गा परेका स्थानीयको लागि मुआब्जा माग गरेका छन् ।

चालिसेले २७ वर्षअघि बाग्मती नदी सभ्यताको व्यवस्थित विकासका लागि अघिग्रहण गरिएको ८ सय ९२ रोपनि जग्गा मध्ये १८८ रोपनि जग्गाको स्थानीयले मुआब्जा नपाएको भन्दै संसदमा आवाज उठाएका हुन् ।

बागमतीको बहाब क्षेत्र चौंडा बनाउने क्रममा १५ मिटरको बागमति आज ७५ मिटर फराकिलो भएकोमा जोड दिंदै त्यसमा परेको १८८ रोपनी जग्गाको मुआब्जा अझै स्थानीयले नपाएको उनले बताए ।

जग्गाको मुआब्जा दिनका लागि पटक पटक पिडितहरुले संघर्षका कार्यक्रम गरे पछि सरोकारवाला निकायमा कुरा हुने गरेको, सरकारी निकायले प्रक्रिया पूरा गर्ने गरेको भए पनि सरकारले अझै मुआब्जा वितरणमा उदासिनता देखाएको भन्दै चालिसेले आपत्ति जनाए ।

२७ वर्ष अधि बागमति फराकिलो पार्ने क्रममा गोकर्ण बाँध देखि गुह्येश्वरी सम्म वागमति किनारका जग्गा जग्गा अधिकार सम्पन्न आयोजनाले अधिग्रहण गरेको थियो । सो मध्ये धेरैले मुआब्जा पाए पनि १८८ रोपनिका जग्गा धनिले हातमा पुर्जा भएर पनि मुआब्जा नपाएको भन्दै स्थानीयले वागमति पिडित किसान संघर्ष समिति बनाएर समय समयमा आन्दोलन गर्दै आएका छन् ।