आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

पूर्व राजा ज्ञानेन्द्रलाई भेट्न झापा पुगे राजेन्द्र लिङ्देनसहितका नेता

गोकर्णेश्वर खबर८ चैत्र २०७९, बुधबार १५:५६ मा प्रकाशित (१ साल अघि) २५ पाठक संख्या

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु झापाको दमक पुगेका थिए ।

बुधबार दिउँसो भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको महामन्त्री धवलशम्शेर राणाले जानकारी दिए । भेटमा राप्रपा नेताहरु डा. प्रकाशचन्द्र लोहनी र रवीन्द्र मिश्र पनि सहभागी थिए ।