आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

मन्त्रिपरिषद् पुनर्गठन हुने, कांग्रेसको १० मन्त्रालयमा दाबी,

गोकर्णेश्वर खबर८ चैत्र २०७९, बुधबार १०:३४ मा प्रकाशित (१ साल अघि) २४ पाठक संख्या

८ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले यसै साताभित्र मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । राष्ट्रपति, उपराष्ट्रपतिको चुनावसहित प्रचण्डले दोस्रोपटक विश्वासको मतसमेत पाइसकेकाले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य थालेका हुन् ।

सत्ता साझेदार दलसँग परामर्श गरेर प्रचण्डले मन्त्रिपरिषद् विस्तारको गृहकार्य गरेका छन् । प्रधानमन्त्री प्रचण्डले संघीय सरकारको मन्त्रिपरिषद् पुनर्गठनसहित प्रदेशका मुख्यमन्त्रीको समेत प्याकेजमा सहमति खोज्ने तयारी गरेका छन् ।

नेपाली कांग्रेसले यसअघि एमालेकै हैसियतमा मन्त्रीको भागबण्डा पाउनुपर्ने दाबी गरेको छ । त्यतिबेला एमालेले उपप्रधानसहित आठ मन्त्रालय लिएर सरकारमा सहभागी भएको थियो । कांग्रेसले उपप्रधानसहित ६ देखि ८ मन्त्रालय पाउने गरी छलफल चलेको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २ देखि ३ मन्त्रालय, जनता समाजवादी पार्टी (जसपा)ले २ मन्त्रालय, नेकपा एकीकृत समाजवादी २ मन्त्रालय, जनमत पार्टीले २ मन्त्रालय पाउने गरी छलफल चलेको