आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदै

गोकर्णेश्वर खबर२८ फाल्गुन २०७९, आईतवार १०:४३ मा प्रकाशित (१ साल अघि) ४४ पाठक संख्या

२८ फागुन, काठमाडौं । मुलुकको वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज आइतबारबाट सकिँदै छ ।

यो राष्ट्रपति भण्डारीको दोस्रो कार्यकालका हो। उनी यसअघि पनि ०७२ साल कात्तिक ११ गते मुलुकको दोस्रो राष्ट्रप्रमुखका रूपमा निर्वाचित भएकी हुन्। भण्डारी २०७४ साल फागुन २९ गते राष्ट्रपति पदमा निर्वाचित भइ फागुन ३० गतेदेखि राष्ट्रपति पदको कार्यभार सम्हाल्दै आएकी उनको आजबाट कार्यकाल सकिन लागेको हो।

गत फागुन २५ गते सम्पन्न निर्वाचनमार्फत् मुलुकको नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्।

नवनिर्वाचित राष्ट्रपति पौडेलले जिम्मेवारीलाई जिम्मेवारी सुम्पिँदै वर्तमान राष्ट्रपति भण्डारीले आज राष्ट्रपति निवास शीतलनिवास छाड्दैछिन्।

भण्डारी आज शीतलनिवासबाट बुढानीलकण्ठ-२ चपलीस्थित निजी निवासमा सर्ने तयारीमा छन्।