आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागे पछि काठमाडौंमा सुरक्षित अवतरण

गोकर्णेश्वर खबर२५ फाल्गुन २०७९, बिहीबार ११:२३ मा प्रकाशित (१ साल अघि) १४ पाठक संख्या

२५ फागुन, काठमाडौं । काठमाडौँबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । नाइन एन एएनआर जहाजको इन्जिनमा आगो लागेपछि तत्काल काठमाडौँमै अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

श्री एयरलाइन्सको उडान नं ८२१ को जहाजको इन्जिनमा ‘फायर वार्निङ’ देखिएपछि जहाज बिचबाटै काठमाडौँतर्फ फर्काइएको हो । उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेरअघि सकुशल अवतरण गराइएको र अहिले विमानस्थलको उडान अवस्था सामान्य रहेको समाचारमा जनाईएको छ ।

काठमाडौँबाट उड्नासाथ चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गराएपछि धादिङमाथिको आकाशबाट जहाज फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरण गरिएको हो ।