आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

नागरिकता नभएको व्यक्तिलाई दल खोल्ने र उम्मेदवार हुने अधिकार नहुने 

गोकर्णेश्वर खबर२३ फाल्गुन २०७९, मंगलवार १८:२४ मा प्रकाशित (१ साल अघि) ७४ पाठक संख्या

२३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले नागरिकताको प्रमाणपत्र नभएको व्यक्तिलाई दल खोल्ने र संसदीय निर्वाचनमा उम्मेदवार हुने अधिकार नहुने बताएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले नेपालको संविधान र कानुनले नागरिकता लिएका व्यक्तिलाई मात्र दल खोल्ने स्वतन्त्रता दिएको बताएको हो ।

फैसलामा नेपालको शासकीय हैसियत प्राप्त गर्न नेपाली माटो, नेपाली कानुन र नेपाली राष्ट्रियताप्रति विधवत् समर्पित रहेको हुनुपर्छ भन्ने पनि हो भनिएको छ ।