आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

भृकुटीमण्डपस्थित ६० रोपनी जग्गा भाडा प्रकरणमा दुई मन्त्री दोषी ठहर 

गोकर्णेश्वर खबर१७ फाल्गुन २०७९, बुधबार १०:२० मा प्रकाशित (१ साल अघि) २५ पाठक संख्या

१७ फागुन, काठमाडौं । समाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित ६० रोपनी जग्गा भाडा प्रकरणमा सांसद एवं पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङ र पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरू शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले मंगलबार कांग्रेस सांसद एवं पूर्वश्रम तथा रोजगार राज्यमन्त्री गुरुङ र पूर्वमहिला, बालबालिका तथा समाजकल्याणमन्त्री न्यौपानेलाई दोषी ठहर गरेको हो ।

तत्कालीन परिषद् उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्जविहारीलाल चौधरी, सदस्यसचिव रवीन्द्रकुमार यादव, सदस्यहरू मोहनराज शर्मा, मदनकुमार लाल कर्ण र हरि न्यौपाने तथा फनपार्क प्रमुख सञ्चालक रवीन्द्र गुरुङ पनि दोषी देखिएका छन् । विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार मुद्दा चलाइएका ५ जनाले भने सफाइ पाएका छन् ।

दोषी ठहर भएकालाई सजाय भने आगामी फागुन २५ मा निर्धारण हुनेछ ।