आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने

गोकर्णेश्वर खबर१५ फाल्गुन २०७९, सोमबार १५:१३ मा प्रकाशित (१ साल अघि) ४४ पाठक संख्या

१५ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।

रास्वपाको बैठकले उपयुक्त समय नआउन्जेलसम्मका लागि सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको छ ।

बैठकले राष्ट्रपति निर्वाचनका लागि नेकपा एमाले र नेपाली काँग्रेस दुवै दलले सहयोग मागे पनि अहिलेसम्म पार्टीले कसलाई समर्थन गर्ने भन्ने बारेमा कुनै निर्णय लिईसकेको छैन ।