आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

संघ पछि बागमतीमा पनि राप्रपाका मन्त्रीहरुले दिए राजीनामा

गोकर्णेश्वर खबर१४ फाल्गुन २०७९, आईतवार ०८:४४ मा प्रकाशित (१ साल अघि) १६ पाठक संख्या

१४ फागुन, हेटौंडा । बागमती प्रदेशका राप्रपाका मन्त्रीहरुले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई संयुक्तरूपमा राजीनामा बुझाएका छन् ।

शनिबार राति ८ः३० बजे राप्रपाका तीनै जना मन्त्रीले हेटौंडास्थित मुख्यमन्त्री क्वार्टर पुगेर राजीनामा पत्र बुझाएका हुन् ।
शनिबार दिउँसो संघमा राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिंदै मन्त्री फिर्ता बोलाएको थियो । राप्रपाका संघका मन्त्रीले पनि शनिबार नै राजीनामा दिइसकेका छन् ।

संयुक्त रुपमा बुझाइएको राजीनामा पत्रमा भनिएको छ, ‘हालै विकसित राजनैतिक घटना क्रमका कारण हामी तीनै जना मन्त्रीहरुले संयुक्तरुपमा राजिनामा पेश गर्दछौं । हाम्रो राष्ट्रिय प्रजातन्त्र पार्टीले यस ९तपाईंको० नेतृत्वमा रहेको सरकारलाई दिंदै आएको समर्थनसमेत आजैका मितिबाट फिर्ता लिएको जानकारी गराउँदछौं ।’

बागमती प्रदेशमा राप्रपाबाट संसदीय दलका नेता उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री, डम्बरबहादुर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु बिष्ट वन तथा वातावरण मन्त्री थिए ।