आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

राष्ट्रपतिमा रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्बाङको उम्मेदवारी दर्ता 

गोकर्णेश्वर खबर१३ फाल्गुन २०७९, शनिबार १५:०३ मा प्रकाशित (१ साल अघि) ३० पाठक संख्या

१३ फागुन, काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेल र नेकपा एमालेको तर्फबाट सुवासचन्द्र नेम्बाङले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएका छन् । शनिबार संसद भवन नयाँ बानेश्वरस्थित निर्वाचन अधिकतको कार्यालयमा पुगेर पौडेल र नेम्बाङले मनोनयन दर्ता गराएका हुन् ।

राष्ट्रपति पदमा पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान रहेका छन् । यस्तै समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन् ।

पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्।

यसैगरी, नेम्बाङको प्रस्तावकमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिव गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन्।

समर्थकमा सचिवद्वय योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन्।