आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

रामचन्द्र पौडेलको प्रतिबद्धता संविधान रक्षकको भूमिकाका लागि तयार

गोकर्णेश्वर खबर१३ फाल्गुन २०७९, शनिबार १२:५९ मा प्रकाशित (१ साल अघि) ५५ पाठक संख्या

१३ फागुन, काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको परिस्थितिमा संविधान रक्षकको भूमिकाका लागि तयार रहेको बताएका छन् । नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाउने निणइृ गरे पछि पौडेलले नेपालको संविधानले नेपाली जनतामा प्रदान गरेको अधिकारको संरक्षण गर्ने अभिभारा आएको बताउँदै संविधान रक्षकको भूमिकाका लागि तयार रहेको बताएका हुन् ।

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आज उनलाई पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पौडेलले भने नेपालको संविधानको संरक्षण, राष्ट्रियताको सम्वद्र्धन र नेपाली जनताको उन्नतिको रेखदेख गर्ने अभिभारा र जिम्मेवारी मलाई आउन लागिरहेको छ। यसप्रति म सचेत छु ।

पौडेलले भने, ‘मलाई नेपाली कांग्रेसबाट उम्मेदवारीको चरणमा यो प्रेरणा मिलेको छ । मलाई संसद्‍मा रहेका सबै दलहरूको सद्भाव र समर्थन पनि छ ।’