आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

एमाले तत्काल सरकारबाट नबाहिरिने, २५ गतेसम्म कुर्ने

गोकर्णेश्वर खबर१३ फाल्गुन २०७९, शनिबार १२:४३ मा प्रकाशित (१ साल अघि) ४० पाठक संख्या

१३ फागुन, काठमाडौं । नेकपा एमाले तत्काल सरकारबाट नबाहिरिने भएको छ । राष्ट्रपति चुनावको दिनसम्म एमालेले माओवादी केन्द्रलाई कुर्ने भएको हो ।

पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले कांग्रेसबाहेकका शक्तिसँग सहमतिको प्रयास जारी राख्ने निर्णय गरेको छ । एमालेले कांग्रेसबाहेक सबै दललाई पत्र लेखेर राष्ट्रपतिमा भोट माग्ने निर्णय गरेको छ ।

फागुन २५ गतेसम्म १० पुसको सहमतिमा फर्काउन पहल गर्ने भन्दै एमाले सरकारबाट नबाहिरिने भएको हो ।