आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

दिनभर बालाजु क्षेत्रमा तनाव मंगलबार उपत्यकामा सवारी बन्द गर्ने व्यवसायीको निर्णय

गोकर्णेश्वर खबर१ फाल्गुन २०७९, सोमबार २०:४६ मा प्रकाशित (१ साल अघि) ३१ पाठक संख्या

१ फागुन, काठमाडौं । बालाजुस्थित गोङ्गबु नयाँ बसपार्क क्षेत्र सोमबार दिनभर तनावग्रस्त बनेको छ। मजदुर कुटिएको भन्दै सुरु भएको विरोध प्रदर्शन चर्कँदै जाँदा उक्त क्षेत्रमा तनाव भएको हो।

ट्राफिक नियम मिच्दा हुने गरेको जरिवाना बढी भएको भन्दै विरोध शुरु भएको थियो। यातायात व्यवसायीसँग भएको वार्तापछि पनि मजदुरले आन्दोलन गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो। वार्ता भएर आन्दोलन फिर्ता भए पछि फेरि मजदुरले आन्दोलन गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो।

प्रहरीले भीडलाई नियन्त्रणमा लिने प्रयास गर्दा झडप भई दिनभर गोङ्गबु नयाँ बसपार्क क्षेत्रमा तनाव भएको थियो । बेलुका पख लोत्से मलमा प्रदर्शनकारीले तोडफोड गरेका छन् ।

यस्तै मजदुरलाई आक्रमण भएको भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले विज्ञप्ति सार्वजनिक गर्दै विरोध जनाएका छन्।

व्यवसायीले मंगलबार उपत्यकाका सम्पूर्ण सवारी समाधान बन्द गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ। उपत्यका बाहिरको हकमा भने अर्को निर्णय नभएसम्मका लागि पूर्व निर्धारित कार्यक्रम यथावत् रूपमा सञ्चालन गर्न व्यवसायीले अनुरोध गरेका छन्।